२१ मंसिर २०८२, आईतवार

बैतडी समाजको साधारण सभा



धनगढी । बैतडी समाज कैलालीले दोश्रो साधारण सभा शनिबार धनगढीमा भएको छ । साधारण सभामा छलिया नाचसहित बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।

साधारण सभाको सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरिन् । साधारण सभा बैतडी समाजका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा मन्त्री भट्टले आफ्नो थातथलो छोडेर तराई झरेपछि आफ्नो भाषा, संस्कृति बिर्सिने प्रवृत्ति त्याग्न आग्रह गरिन् ।
धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले बैतडीका नागरिकमा आफ्नो भाषा, संस्कृतिप्रति अगाध लगाव रहने गरेको चर्चा गरिन् ।
साधारण सभामा बैतडी समाज कैलालीले स्थापनाकालदेखि सामाजिक सेवाका क्षेत्रमा योगदान पु¥याउने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार