११ पुष २०८१, बिहीबार

संघीय शासनमा स्थानीय सरकारबारे अभिमुखीकरण



धनगढी । धनगढीमा शुक्रबार संघीय शासनमा स्थानीय सरकार विषयक अभिमुखीकरण कार्यक्रम भएको छ ।
सुन्दर शान्त नेपाल परियोजना अन्तर्गत साझा नेपाल संवाद समुह र युनिक नेपालको आयोजनामा सो कार्यक्रम भएको थियो ।
कार्यक्रम साझा नेपाल संवाद समुहका अध्यक्ष चेतमान साउँदको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य प्रेम विक, वडा नम्बर १७ का वडा अध्यक्ष माधव राना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा संघीय शासन प्रणालीको शुरुवात, अवधारणा, उद्देश्य, जननिर्वाचित जनप्रतिनिधीको काम, कर्तव्य, अधिकार, संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार, संघियता कार्यान्वयनमा आउन सक्ने समस्या तथा समाधान विषयमा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले प्रस्तुती गरेका थिए ।
कार्यक्रममा धनगढी उमपहानगरपालिका वडा नम्बर ३, १६, १७ र १८ का जनप्रतिनिधीहरूको सहभागिता रहेको थियो ।
गैरसरकारी संस्था महासंघ, कैलालीका अध्यक्ष हेमकर्ण विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ, कैलालीका कोषाध्यक्ष हिमाल जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार