नेपाल आईस धनगढी फुटसल लिग : कैलाश र सनराईज दोस्रो चरण प्रवेश
धनगढी । धनगढीमा जारी नेपाल आईस धनगढी फुटसल लिग (डिएफएल) मा सनराईज बैंक र कैलाश बिकास वैंक दोस्रो चरणमा प्रवेश गरेका छन् ।
लिगमा लगातार दुई खेल जित्दै सनराईज र कैलाश दोस्रो चरणमा प्रवेश गरे ।

लिगको शनिबारको पहिलो खेलमा सनराईज बैंकले जनता बैंकलाई ४—२ ले पराजित गर्यो ।
सनराईजका अविनाश चन्दले दुई गोल गरे भने लक्ष्मी जोशीले एक गोल गरे । जनता बैंकले एक आत्मघाती गोल गरेको थियो ।
जनता बैंकका तर्फबाट मंग्रु चौधीले एक गोल गरेका थिए ।
शनिबार नै भएको अर्को खेलमा कैलाश बिकास बैंकले एनआईसी एसिया बैंकलाई सून्यका विरुद्ध नौ गोल अन्तरले हरायो ।
कैलाश बैंकका रमेश बोहराले ह्याटिक सहित पाँच गोल गरे भने निशान थापाले पनि ह्याटिक सहित चार गोल गरे ।
फ्ल्याटल्याण्ड फुटसलको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सहआयोजनामा भइरहेको डिएफएलका खेलहरू सार्वजनिक विदाका दिन सञ्चालन हुने जनाइएको छ । प्रतियोगिता एक महिनासम्म चल्नेछ ।




