किशोरीको क्षमता विकास तालिम
टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ३ मा किशोरीहरूको क्षमता विकास तालिम शुक्रबार समापन भएको छ ।
तालिम समापनका अवसरमा गाउँपालिका अध्यक्ष प्रदिपकुमार चौधरीले गाउँपालिकाले किशोरीहरूको क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।
कार्यक्रममा वडाध्यक्ष प्रदिपकुमार शाह, झनकविक, अधिवक्ता बालाराम भट्टराई, पत्रकार गीता चौधरी, सविना चौधरी, रञ्जना चौधरी लगायतले मन्तव्यव्यक्त गरेका थिए । तालिममा अधिवक्ता भट्टराई र दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेले सहजिकरण गरेका थिए ।
तालिममा बालअधिकार, लैंगिक विभेद, प्रजनन् स्वास्थ्य किशोरी विरुद्ध हुने हिंसा लगायतको बारेमा छलफल भएको थियो ।
दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतमा भएको कार्यक्रममा कार्यक्रमअधिकृत अविलासा भण्डारीले स्वागत गरेकी थिइन् भने संचालन कार्यक्रम सहजकर्ता सीता चौधरीले गरेकी थिइन् ।
दलित महिला अधिकार मञ्च नेपाल धनगढीको आयोजनामा भएको तालिम ५ दिनसम्म चलेको थियो ।




