६ पुष २०८१, शनिबार

नमुना अध्ययन गृहमा खानेपानी ट्ंयांकी सहयोग



लम्की । लम्की जेसिज र लेडि जेसिजद्वारा नमुना अध्ययन गृहका लागि खानेपानी ट्यांकी सहयोग प्रदान गरिएको छ ।
लम्कीमा जारी जेसिज सप्ताहको चौथो दिन शनिबार एकता शिविरस्थित नमुना अध्ययन गृहमा अध्यनरत बालबालिकाका लागि खानेपानी ट्यांकी सहयोग प्रदान गरिएको छ
लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाको आर्थिक सहयोगमा लम्की जेसिज तथा लेडी जेसिजले खानेपानी ट्यांकी प्रदान गरेको जनाएको छ ।

सिर्जनशील नेपालको पहलमा निर्माण भएको सो अध्ययन गृहमा मक्त कमैयाको एक सय बढी बालबालिका अध्ययन गरिरहेका छन् ।
शनिबार एक कार्यक्रमबीच लम्की जेसिजका अध्यक्ष मोहन ढुंगाना, लम्की लेडि जेसिजका अध्यक्ष ईशरा थापा र किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले नमुना अध्ययन गृहका शिक्षिका सुधामा चौधरी र सिर्जनशील नेपालका अध्यक्ष जनक सुनारलाई सो खानेपानी ट्यांकी हस्तान्तरण गरे ।
कार्यक्रममा लम्कीचुहा नगरपालिकाका स्वाथ्य शाखा संयोजक जयन्ती बिसी, लम्की जेसिजका अध्यक्ष ढुंगाना, लेडी जेसिजका अध्यक्ष थापा, लम्की जेसिजका कार्यकारिणी उपाध्यक्ष नेत्रप्रसाद जैशी, देवकी कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार