२१ मंसिर २०८२, आईतवार

अत्तरिया उबासंघका अध्यक्ष सहित तीन पक्राउ, विरोधमा अत्तरिया बजार बन्द



धनगढी । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटासहित तीनजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।


बुधबार बिहान अत्तरियास्थित उद्योग बाणिज्य संघको सभाकक्षमा पत्रकार सम्मेलन गरिरहेका बेला इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर बिष्ट नेतृत्वको प्रहरी टोलीले अध्यक्ष देवकोटा तथा संघको कार्यसमिति सदस्य विपिन साउद र व्यवसायी दिनेश विष्टलाई पक्राउ गरेको हो ।
पत्रकार सम्मेलन भइरह“दा पक्राउ पुर्जीसहित आएको प्रहरी टोलीले अध्यक्ष देवकोटासहित तीन जनालाई पक्राउ गर्न खोजेपछि कार्यक्रम स्थलमा रहेका संघका पदाधिकारी तथा सदस्य र व्यवसायीहरूले पुर्जीमा लेखिएको विवरण पढेर सुनाउन दबाव दिएका थिए ।
प्रहरीले पक्राउ पुर्जी पढेर सुनाउ“दै अध्यक्ष देवकोटासहितका आठ जनाविरुद्ध सार्वजनिक हित विपरितको क्रियाकलाप गरेको किटानी जाहेरी परेको जानकारी दिएको थियो ।
अध्यक्ष देवकाटालाई संघको सभाहलबाट पक्राउ गरेर लग्ने क्रममा केही बेर त्यहा“ चर्को नाराबाजी भएको थियो ।
कार्यक्रम स्थलमा रहेका संघका पदाधिकारी तथा सदस्य र स्थानीयले ‘झुटो मुद्दा फिर्ता लिनुपर्ने’ माग गर्दै प्रतिनिधी सभा सदस्य लेखराज भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, गोदावरी नगर प्रमुख हरिसिंह साउ“द विरुद्ध पनि नाराबाजी गरेका थिए ।
अत्तरिया उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्त रोकाया (ललित) ले गत १० गते गोदावरी नगर सभाको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य सहित संघका तर्फबाट माग प्रस्तुत गर्न खोज्दा सभाहल भित्रै अध्यक्ष देवकोटालाई अपमानित गरिएको बताए ।
गोदावरी नगरपालिकाको असार १० गतेको नगर सभा उद्घाटन समारोहमा संघका अध्यक्ष देवकोटालाई बोल्न नदिइएपछि त्यहा उपस्थित व्यवसायीहरूले चर्को विरोध गरेका थिए । विरोधका कारण नगर सभामा केही बेर तनाव भएको थियो ।
नेकपा स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य लेखराज भट्ट सहभागी रहेको उद्घाटन समारोहमा व्यवसायीहरूबाट चर्को नाराबाजी र विरोध भएपछि उनीहरू विरुद्ध “नगर सभामा अवरोध सिर्जना गरेको” आरोपमा गोदावरी नगरपालिकाले अर्को दिन मुद्दा दर्ता गराएको थियो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार अध्यक्ष देवकोटा सहित आठ जना विरुद्ध “माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको” आरोप सहित नगरपालिकाले देवकोटासहितका आठ जनाविरुद्ध किटानी जाहेरी दिएएको थियो ।
यस अघि पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले नगरपालिकाले नै आफूलाई “शुभकामना मन्तव्यका लागि” निमन्त्रण पत्र पठाएकाले आफु नगर सभामा गएको बताए । उनले भने– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवसायीका पक्षबाट सुझाव दिन भनेर मन्तव्यका लागि उपस्थित हुन भनि नगरपालिकाबाटै पत्र आएको थियो । तर, कार्यक्रममा गएपछि कुनै कुरा राख्न दिइएन । उनले अत्तरिया नगरपालिका घोषणा भएदेखि हालसम्मको व्यवसायिक कर उठाउने भनेर कार्यपालिकाको बैठकबाट निर्णय पास गरेको विषयमा सुझाव दिन आफु नगर सभामा गएको बताए ।
अध्यक्ष देवकोटाले ‘अत्तरिया नगरपालिका बनेको छ÷सात वर्ष भइसकेको र त्यस समयदेखिको व्यवसायिक कर लिदा व्यवसायीहरु मारमा पर्ने” भएकाले निर्णय सच्याउनु पर्ने बताए । उनले गोदावरी नगरपालिका घोषणा भएदेखि र नगरपालिकामा दर्ता भएका व्यवसायीहरुबाट सो कर लिन आफूहरुले पटक–पटक आग्रह गरेको बताए ।
उनले आफु सधै व्यवसायीको हकहितका पक्षमा संघर्ष गर्ने बताए । पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले आफूहरु विरुद्ध मुद्दा दर्ता भएकाले कानूनको सम्मान गर्दै आफैं प्रहरी समक्ष प्रस्तुत हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार