७ पुष २०८१, आईतवार

मिडिया काउन्सिल विधेयक रोक्न प्रेस युनियनकाे ज्ञापन



धनगढी । नेपाल प्रेस युनियन कैलालीले प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखलाई ज्ञापनपत्र पत्र बुझाएको छ ।

मंगलबार कैलाली निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत युनियनले सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्षलाई सो पत्र बुझाएका हुन् ।
युनियनका कैलाली अध्यक्ष श्रवण देउवाले स्वतन्त्रताविरोधी प्रावधान रहेको विधेयक रोक्न माग गरे । ‘मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत गर्ने व्यवस्था, जरिवानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्था लगायतले प्रेसमाथि अंकुश लगाउन खोजेको’ सो ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै, काउन्सिललाई पूर्ण रुपमा सरकारको नियन्त्रणमा राख्ने र जरिवाना र क्षतिपूर्ति मनलाग्दी तोक्न सकिने व्यवस्था हटाउनुपर्ने उल्लेख छ ।
प्रेस युनियन अध्यक्ष देउवाले आफूहरुको आन्दोलन सरकार र लोकतन्त्रविरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट पारे ।
ध्यानाकर्षण पत्र बुझ्दै कैलाली निमित्त प्रजिअ जोशीले आफुले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने बताए ।
नेपाल प्रेस यूनियन कैलालीका सचिव सिताराम ओझाले केन्द्रको निर्णयअनुसार मंगलबार ज्ञापनपत्र बुझाइएको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार उमिद बागचन्द, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भरत शाह, नेपाल प्रेस यूनियन कैलालीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार