७ पुष २०८१, आईतवार

नेकपा कैलाली अध्यक्ष र सचिवले गरे पदभार ग्रहण



धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलाली अध्यक्ष रत्न थापा र सचिव लालबहादुर सोडारीले पदभार ग्रहण गरेका छन् ।


बुधबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी थापा र सोडारीले पदभार ग्रहण गरेका हुन् । अध्यक्ष र सचिवलाई नेकपाका केन्द्रीय सदस्य महेश्वर पाठकले पदभार ग्रहण गराएका हुन् ।
पदभार ग्रहण पछि पार्टी कार्यालयमा अध्यक्ष थापाले पार्टीले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको प्रति खुसी व्यक्त गर्दै पार्टीका कामकाज अगाडी बढाउनु पर्ने भएकाले आफूले पदभार ग्रहण गरेको बताए ।
शपथ भने फेरी दोश्रोपटक कार्यक्रमको आयोजना गरी लिने उनको भनाइ छ । उनले सबैको सल्लाहमा आफू अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झन्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो । आइतबार सा“झ सचिवालय बैठकले नया“ मापदण्ड तय गरेस“गै जिल्लाका पदाधिकारी चयन भएका हुन् ।
सुदूरपश्चिमका नौ जिल्ला मध्ये ५ जिल्लामा तत्कालीन नेकपा मोओवादीले जिल्ला सचिव पाएको छ भने ४ जिल्लामा तत्कालीन एमालेले सचिव पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार