१८ बैशाख २०८१, मंगलवार

डिलासैनीमा राष्ट्रपति रनिङ सिल्ड



नरी बडु/बैतडी । बैतडीको डिलासैनी गाउ“पालिकामा प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिता मंगलबारदेखि शुरु भएको हो । “स्वस्थ, सबल र समृद्ध डिलासैनी हाम्रो पहिचान, स्वास्थ्यको लागि खेलकुद हाम्रो अभियान’ भन्ने नाराका साथ गाउ“पालिकाको आयोजनामा रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले एक समारोहबीच उद्घाटन गरेका थिए । सो अवसरमा सासंद भण्डारीले एक पालिका– एक खेलमैदान धारणा अनुसार पालिकाले खेलमैदान निर्माणका लागि ३० प्रतिशत बजेट विनियोजन गरेमा संघीय सरकारले ७० प्रतिशत बजेट ब्यहोर्ने बताए ।
गाउ“पालिका स्तरीय प्रतियोगितामा गाउपालिकाका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिवल, कबड्डी, दौड, हाईजम्प, ट्रिपलजम्प, सटपुट, ज्याब्लिङ थ्रो, रिले दौड लगायतका खेल समावेश गरिएका छन् ।
गाउ“पालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख हरेन्द्रप्रसाद जोशीले गाउ“पालिकाबाट छनोट भएका खेलाडीहरू जिल्लास्तरीय रनिङ सिल्ड प्रतियोगितामा सहभागी गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार