४ आश्विन २०८१, शुक्रबार

ब्याडमिन्टन सङ्घको नयाँ कार्यसमिति



धनगढी । कैलाली जिल्ला ब्याडमिन्टन सङ्घको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार धनगढीमा भएको सङ्घको साधारण सभाले नवराज जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको जनाइएको छ ।
समितिको उपाध्यक्षमा रामसिंह चौधरी र उपेन्द्र श्रेष्ठ, सचिवमा मेगराज कठायत तथा कोषाध्यक्षमा मेम्बर सिंह चयन भएका छन् । यस्तै सदस्यमा पशुपति पनेरू, दुर्गा शर्मा, टेकबहादुर घर्ती र संजिव खड्का रहेका छन् ।
सङ्घका निवर्तमान अध्यक्ष महेश शाहको अध्यक्षतामा भएको साधारण सभाको नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले उद्घाटन गरेका थिए ।
सभामा सङ्घका केन्द्रीय सदस्यद्वय ऋषिकेश श्रेष्ठ र सुनिल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
सभामा सङ्घका सचिव कठायतले सङ्घको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मेम्बर सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार