अल्ट्राभायोलेटको दशैं अफर : हरेक मोटरसाइकल खरिदमा हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङ
काठमाडौ / प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ ।
नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले दशैंको अवसरमा अल्ट्राभायोलेटको मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकलाई निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ उपलब्ध गराउने भएको छ । साथै, ग्राहकका लागि इजी फाइनान्सिङ सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दशैं विशेष योजनाअन्तर्गत अल्ट्राभायोलेटको हरेक मोटरसाइकल खरिदमा ग्राहकले निःशुल्क हेल्मेट तथा डायमन्ड कोटिङ प्राप्त गर्नेछन् ।
हालै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा अल्ट्राभायोलेटले आफ्नो नयाँ क्रसओभर मोडल एक्स ४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो। नेपालका लागि एक्स ४७ को मूल्य ६ लाख ८४ हजार ९०० रहेको छ ।
दशैंको अवसरमा ल्याइएको यस योजनामार्फत अल्ट्राभायोलेटले ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोटरसाइकलसँगै हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
दशैंको अवसरमा अल्ट्राभायोलेट एक्स ४७ खरिद गर्न चाहने ग्राहकले आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गरी दशैं अफर, इजी फाइनान्सिङ र एक्स ४७ सम्बन्धी थप जानकारी लिन सक्नेछन् ।




