४ आश्विन २०८१, शुक्रबार

हुलाकी सडक : डोकेबजार–बेलौरी खण्ड निर्माण सुरु



धनगढी । कञ्चनपुरको डोकेबजारदेखि बेलौरी खण्डमा हुलाकी सडक निर्माण कार्य सुरु भएको छ । भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले झन्डै दुई महिनाअघि सो सडक खण्डको शिलान्यास गरेका थिए ।
भारत सरकारको सहयोगमा निर्माण गर्ने भनिएकोमा पछिल्लो पटक अस्वीकार गरेको बताइएको छ । सो सडकखण्ड निर्माण कार्यबाट भारत सरकार पछि हटेपछि अहिले नेपाल सरकार स्वयम्ले नै निर्माण गर्ने जनाइएको छ ।
कञ्चनपुरको डोकेबजारदेखि बेलौरीसम्म १९ किलोमिटर सडक खण्डमा रहेका पुराना ह्युमपाइप हटाएर कल्भर्ट हाल्ने काम अघि बढाइएको छ ।
सो सडक खण्ड निर्माणको ठेक्का शर्मा एण्ड राजेन्द्र कम्पनीले पाएको छ । सो सडक निर्माणका लागि ३६ करोड ४७ लाख रुपैयाँ छुट्याइएको जनाइएको छ ।
सडकको चौडाइ सात मिटर र दुवैतर्फ साढे दुई मिटरको बेस रहने निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले जानकारी दिए ।
गत फागुनमा सम्झौता गरिएको सो सडकखण्ड निर्माण कार्य २०७६ भदौमा पुरा हुने इन्जिनियर भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार