४ आश्विन २०८१, शुक्रबार

धर्म जागरण रथयात्रा कञ्चनपुरमा



धनगढी । श्रीमद् रामानुजाचार्य सहस्राब्दी राष्ट्रव्यापी धर्म जागरण रथयात्रा धनगढीबाट कञ्चनपुर पुगेको छ ।
बुधवार राति धनगढी पुगेको रथयात्राले बिहीबार धनगढी नगर परिक्रमा गरी कञ्चनपुर पुगेको हो ।
हिन्दु राष्ट्र तथा हिन्दुत्वको संरक्षणका लागि चैत १ गते मेचीको काँकडभिट्टाबाट सुरु भएको जागरण रथयात्रा धनगढी हुँदै कञ्चनपुर पुगेको लक्ष्मीनारायण मन्दिर धनगढीका व्यवस्थापक हरि न्यौपानेले जानकारी दिए । बिहीबार धनगढीको लक्ष्मी नारायण मन्दिरबाट वनदेवी–नैनादेवी–ट्राफिक चौराह हुँदै कञ्चनपुर पुगेको उनले बताए ।
रथयात्रालाई बुधवार अत्तरियाबाट मोटरसाइकल र्‍यालीसहित धनगढी चौराहबाट बाजागाजा सहित लक्ष्मीनारायण मन्दिरमा भित्र्याइएको थियो । बिहीबार बिहान लक्ष्मीनारायण मन्दिरमा प्रवचन लगायतका धार्मिक कार्यक्रमपछि दिउसो नगर परिक्रमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार