४ आश्विन २०८१, शुक्रबार

आनन्दबजार घटना : घाइते चापागाईंको उपचार हुँदै



काठमाडौँ । कञ्चनपुरको पुनर्वास आनन्दबजार नजिक निर्माणाधिन कल्भर्ट भत्काउन खोज्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) को प्रतिकारमा उत्रिँदा घाइते भएका टीकाराम चापागाईंंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सो घटनामा एसएसबीको गोली प्रहारबाट स्थानीय ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो ।
घटनाको १६ औँ दिन शहीद गोविन्दको परिवारलाई भेट्न तथा स्थलगत निरीक्षणमा आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले गम्भीर घाइते चापागाईंलाई थप उपचारका लागि आफू आएको हेलिकोप्टरमा नै काठमाडौँ लगेका थिए ।
चिकित्सकको अनुसार चापागाईंको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आउन कम्तीमा आठ महिना लाग्ने बताएको उनका भान्जा दिनेश शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार