४ आश्विन २०८१, शुक्रबार

हिष्टानको नयाँ कार्यसमिति



धनगढी ।  उच्च माध्यमिक शिक्षक एसोसियसन नेपाल (हिष्टान) कैलालीको चौथौ जिल्ला अधिवेशनबाट शनिवार नयाँ कार्यसमिति चयन भएको छ ।
धनगढीमा भएको जिल्ला अधिवेशनबाट गोबिन्दराज उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन भएको जनाइएको छ ।
समितिमा ओमप्रकाश पाण्डे उपाध्यक्ष, गणेशप्रसाद जोशी सचिव, रमेशप्रसाद जोशी सहसचिव तथा सदस्यहरूमा तिलक पाण्डेय, रेखा जोशी (भट्ट) र डबल विक रहेका छन् ।
अधिवेशनमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ । हिष्टानले कैलाली बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द चन्द, ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्ट, दुर्गालक्ष्मी उच्चमावि अत्तरियाका प्राचार्य शिवराज जोशी, मदन पुरस्कार विजेता कथाकार रामलाल जोशी, रघुनाथ आदर्श उच्चमावि बौनियाका शिक्षक शंकरकुमार जोशीलाई सम्मान गरेको छ ।
यसअघि कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले अधिवेशनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा हिष्टानका केन्द्रीय उपाध्यक्ष नरेन्द भट्ट, कैलाली बहुमुुखी क्याम्पसका प्रमुृख प्राध्यापक चन्द, प्रजातन्त्रवादी प्राध्यापक सङ्घका केन्द्रीय उपाध्यक्ष जगन्नाथ जोशी, हिष्टानका सेती अञ्चल संयोजक टंकप्रसाद जोशी, कञ्चनपुरका अध्यक्ष दीपेन्द्रराज जोशी, शिक्षक महासङ्घ कैलालीका अध्यक्ष धनबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हिष्टान कैलालीका उपाध्यक्ष ओमप्रकाश पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम हिष्टान कैलालीका अध्यक्ष गोबिन्दराज उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन टंक कुँुवरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार