४ आश्विन २०८१, शुक्रबार

अवैध रूपमा भित्र्याइएका कुखुरा नष्ट गरियो



धनगढी  ।  भारतबाट अवैध रूपमा भित्र्याउन लागेको कुखुराहरू बरामद गरी नष्ट गरिएको छ ।
कैलालीको त्रिनगर प्रहरी चौकी र बजार अनुगमन टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ भित्राउँदै गरेको ७५ किलो कुखुरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बरामद कुखुरा क्वारेन्टाईम, माछा, मासु व्यवसायी सङ्घका प्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको कैलाली प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार