४ आश्विन २०८१, शुक्रबार

कोइकाद्वारा स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण



धनगढी  ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (कोइका) द्वारा कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई बिहीबार स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । कोइकाले एक्सरे मेसिन, ल्यावमा प्रयोग हुने अटो एनलाइजर, डेण्टल लगायत सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
कार्यक्रममा सामाजिक स्वास्थ्य विकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनीले विभागबाट प्राप्त ती उपकरण स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा डा. लोहनीले सबै नागरिकलाई स्वास्थ्य सेवाको पुह‘चमा ल्याउन बिमा कार्यक्रममा सहभागी भएर लाभ लिन आग्रह गरे ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख खगेन्द्र शाहीले साधनस्रोतको उचित सदुपयोग गरेर गाउँ‘घरमै सेवा प्राप्त गर्नु स्वास्थ्यमा सुधार आएको मान्न सकिने बताए ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ चौधरीले जोशीपुर स्वास्थ्य चौकीलाई आगामी दिनमा अस्पतालको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा कोइकाका म्यानेजर पूर्ण थापा, कन्ट्री डाइरेक्टर मिस छाङ, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रका इञ्चार्ज लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

स्वासथ्य केन्द्रद्वारा फार्मेसी सञ्चालन


यसैबिच जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रले बिहीबारदेखि फार्मेसी सेवा पनि सुरु गरेको छ । सो सेवाको सामाजिक स्वास्थ्य विकास समितिका कार्यकारी निर्देशक डा. लोहनीले एक कार्यक्रमबिच उद्घाटन गरे ।
कैलालीमा फार्मेसी सुचारु गर्ने जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र दोस्रो हो । यसअघि कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी सञ्चालनमा ल्याएर देशकै पहिलो फार्मेसी सञ्चालन गर्ने जिल्लाका रूपमा चिनाएको थियो ।
सो सेवा स्वास्थ्य बिमा गरेका नागरिकहरूले नि:शुल्क रूपमा पाउने छन् भने स्वास्थ्य बिमा नगरेका नागरिकले शुल्क तिर्नु पर्ने छ ।
यससंगै यस जिल्लामा अब सेती अञ्चल, मालाखेती, टीकापुर अस्पताल, चौमाला, उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि यथाशिघ्र फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार