४ आश्विन २०८१, शुक्रबार

अब धनगढी दौडिन्छ



धनगढी  ।  ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ वैशाख १ गते धनगढीमा ‘नवजीवन कोअपरेटिभ्स धनगढी हाफ म्याराथन २०१७’ प्रतियोगिता हुने भएको छ । धनगढी जेसिजको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।
मङ्गलवार धनगढीमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता बारे जानकारी दिँदै धनगढी जेसिजका अध्यक्ष टेकराज पनेरूले प्रतियोगिताका लागि आवश्यक तयारी गरिएको जानकारी दिए ।
धनगढी जेसिजले सन् २०१४ देखि सुरुवात गरेको यो प्रतियोगिता चौथो संस्करण हो । प्रतियोगितामा नवजीवन को–अपरेटिभ्स मुख्य प्रवद्र्धक र कैलाली खेलकुद विकास समिति, धनगढी उपमहानगरपालिका र जेसिस एभरेष्ट इङलिस स्कुल प्रवद्र्धक रहेको अध्यक्ष पनेरूले जानकारी दिए ।
प्रतियोगितामा अन्तर्गत खुला हाफ म्याराथन धनगढी रङ्गशालाबाट ट्राफिक चौराह हुँदै गेटा तथा गेटा–ट्राफिक चौराह हुँदै पुन: रङ्गशालासम्म २१ किलोमिटर १ सय मिटरको हुनेछ भने ट्राइसाइकल दौड धनगढी रङ्गशाला–ट्राफिक चौराह हुँदै पुन: ट्राफिक चौराह–रङ्गशालासम्म ५ किलोमिटरको हुने प्रतियोगिता मूल समितिका संयोजक सुरज गिरीले बताए ।
यसै गरी कर्पोरेट मिडिया तथा अन्य दौड प्रतियोगिता धनगढी रङ्गशाला–ट्राफिक चौराह हुँदै पुन: ट्राफिक चौराह–रङ्गशालासम्म ५ किलोमिटरको हुनेछ ।
प्रतियोगितामा सहभागी हुन्े इच्छुक प्रतिव्यक्तिले तीन सय रुपैयाँ प्रवेश शुल्क तिरेर प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान रहेको संयोजक गिरीले जानकारी दिए ।
खुला हाफ म्याराथन प्रतियोगितामा पहिलो हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई २५ हजार, तथा तेस्रो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
संयोजक गिरीका अनुसार ट्राइसाइकल दौड प्रतियोगितामा पहिलो हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई तीन हजार, तथा तेस्रो हुनेलाई दुई हजार पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, कर्पोरेट मिडिया तथा अन्य दौड प्रतियोगिता विजेतालाई आकर्षक पुरस्कार र प्रमाणपत्रको रहेको छ ।
प्रतियोगितामा सहभागी सबै खेलाडीलाई जेसिजको लोगो अंकित भएको भेष्ट उपलब्ध गराईने अध्यक्ष पनेरूले बताए ।
प्रतियोगितामा झन्डै साढे १२ लाख रुपैयाँ खर्च हुने संयोजक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार