६ कार्तिक २०८१, मंगलवार

आनन्दबजार घटना  :  टीकारामको अवस्था अझैं गम्भीर



धनगढी  ।  बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिका–८, आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहार तथा आक्रमणमा घाइते भएका बेलौरी नगरपालिका–६, शान्तिपुरका टीकाराम चापागाईंको अवस्था अझै गम्भीर रहेको छ ।
सो दिनको घटनामा एसएसबीको गोली प्रहारबाट ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो ।
एसएसबी क्रमणबाट चापागाईंको दुवै हातखुट्टा, टाउको र मेरुदण्डमा गम्भीर चोट लागेकोले हिडडुल गर्न समेत नसक्ने अवस्थामा रहेको उनकी श्रीमती सविनाले बताइन् ।
घाइते चापागाईंको वेस्टर्न हस्पिटल नेपालगञ्जमा दश दिनदेखि उपचार भइरहेकोमा एघारौँ दिनमा जबर्जस्ती डिस्चार्ज गरिएको उनले बताइन् ।
उनले भनिन् ‘अस्पतालमा समयमा पैसा तिर्न नसकेपछि निको नभइकनै जबर्जस्ती डिस्चार्ज गरियो ।
एसएसबी र भारतीय स्थानीयको आक्रमणबाट सो दिन ५० भन्दा बढी स्थानीय, आधा दर्जन भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत घाइते भएका थिए ।

 

सम्बन्धित समाचार 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार