८ पुष २०८१, सोमबार

विविध कार्यक्रमसहित एक्सीसको वार्षिकोत्सव



धनगढी  ।  धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित एक्सीस विद्याश्रमले शुक्रवार विभिन्न कार्यक्रमसहित १३ औँ वार्षिकोत्सव मनाएको छ ।
‘डर त्रास होइन, हौसला र प्रेरणाका साथ एक्सीस विद्याश्रम’ भन्ने नारासहित भएको कार्यक्रमको कैलाली बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र चन्दले एक समारोहबीच उद्घाटन गरे । कार्यक्रम स्कुलका प्रिन्सिपल अनिता पन्तको अध्यक्षतामा भएको थियो ।
सो अवसर विद्यालयको शैक्षिक तथा सांगठनिकस्तर उकास्न योगदान पुर्‍याएवापत शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयमा लामो समयसम्म अध्यापन गरेका शिक्षक स्वर्गीय कर्णबहादुर बोहरालाई मरणोपरान्त एक लाख एक हजार रुपैयाँ सहित कदरपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, शिक्षक केशवराज भट्ट, पराश खत्री, पुष्पराज ओझा, सुमनकुमारी भट्ट, माया विष्ट, अनुराधा भट्ट, मिना ओझा, टिना रावल, मिना धामी, ईन्दु भट्ट, जयप्रसाद भट्ट र टेक साउँदलाई सम्मान गरियो ।
त्यस्तै, कर्मचारीहरू खुसीराम चौधरी, धनसरा नागरी तथा विज्ञान प्रदर्शनीमा उत्कृष्ट तन्मय चौधरीलाई पनि सम्मान गरिएको थियो ।
शिक्षक केशवदत्त भट्टले स्वागत गरेको कार्यक्रममा नाष्ट कलेजका प्रमुख शिवहरि मुडभरी, स्रोतव्यक्ति रामबहादुर शाही, अभिभावक लालबहादुर ऐरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार