पौवाको सबै शाखामा निःशुल्क ‘स्वादोत्सव’ हुने

यही चैत २५ गतेदेखि २९ गतेसम्म होटल पौवाको सबै शाखामा ‘स्वादोत्सव’ हुने भएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी नेपालभर रहेका सबै १८ शाखामा एकसाथ ‘स्वादोत्सव’ हुने जानइएको छ ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाको स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा स्वादोत्सव कार्यक्रम आयोजना भइरहेको धनगढी शाखाका महाप्रबन्धक महेश सिंह जानकारी गराए । स्वादोत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति रहने छ ।
यो स्वादोत्सवको माध्यमबाट होटल पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको छ ।





