७ पुष २०८१, आईतवार

लागूऔषध दुर्व्यसन न्यूनीकरण समन्वय बैठक



लागूऔषध दुर्व्यसन न्यूनीकरणका सवालमा काम गर्ने संस्थाहरूको छाता संंगठन आरएन नेपालको आयोजनामा लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि सरोकारवालाहरूको बीच अन्तर मन्त्रालय समन्वय बैठक धनगढीमा सम्पन्न भएको छ ।

आयोजक संस्थाका अध्यक्ष समीर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की रहेका थिए । यसैगरी, कार्यक्रममा निवर्तमान कानून मन्त्री शिवराज भट्ट, प्रदेश सांसद इन्द्रिरा गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा आरएन नेपालका केन्द्रीय सदस्य एवं लागूऔषध विज्ञ नवराज पाण्डेयले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बम, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत दिपेन्द्रसिंह विष्ट, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन आरएनका प्रदेश सचिव दीपक बोगटीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार