२२ आश्विन २०८१, मंगलवार

जलवायु सुशासनमा संवेदनशिलता आवश्यक




सुर्खेत/ गैर–नाफामूलक नीति अनुसन्धान संस्था, (ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेक्युरिटी गभर्नेन्स)ले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा “जलवायु क्षेत्रको सुशासनः जलवायु परिवर्तनमा संवेदनशीलता र बुझाइ” शीर्षकमा एउटा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रादेशिक सांसदहरू, शैक्षिक क्षेत्र प्राज्ञ, नागरिक समाज, र सुरक्षा निकायका प्रतिनीधिहरूलाई एकसाथ ल्याउने जमर्को गरिएको थियो ।

कार्यक्रममा जलवायु सुशासनमा जटिलताका विषयहरुमा छलफल गर्नुका साथै जलवायुु वित्त, जलवायुु न्याय, नीतिको आवश्यकता ,सरोकारवालाबीच समन्वय तथा जलवायु परिवर्तन क्षेत्रको सुशासन र वातावरणीय संसदीय सुपरिवेक्षणका विषयमा केन्द्रित भएको सो संस्थाका कार्यकारी निर्देशक अभयराज जोशीले बताए ।

कार्यक्रमको प्रतिनिधि सभाका सदस्य डा. दीपकप्रकाश भट्टले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार