८ पुष २०८१, सोमबार

युवा दिवसको अवसरमा रक्तदान



अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेश युवा समितिको आयोजनामा धनगढीमा रक्तदान भएको छ । सो अवसरमा १७ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमको नेपाली काँग्रेसका महामन्त्री एवं सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उल्घाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश युवा समितिका अध्यक्ष हरिसिंह भण्डारीले सामाजिक मन्त्री खड्का समक्ष श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने, श्रमिकको प्रत्येक ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउनुपर्ने, श्रमिक परिचयपत्रको व्यवस्था गर्नुपर्ने, श्रमिक बैंकको स्थापना गर्नुपर्ने, ट्रेड युनियनका लागि क्षमता अभिबृद्धि कार्यक्रम संचालन गर्नुपर्ने, श्रमिक बिमा हुनुपर्ने, श्रम ऐन नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका मागसहित ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री खड्काले सबैको सहयोग, समन्वय र सहकार्यमा श्रम सम्बन्धि ऐन कानूनको प्रभावकारी कार्यान्वयन र नयाँ नीति तथा कार्यक्रम ल्याइने बताए ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले श्रमिक सवालमा थुप्रै समस्या रहेको बताउँदै आफूले ती समस्या समाधान गर्नमा पहल गर्ने बताए । त्यस्तै, कार्यक्रमा नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश अध्यक्ष ज्ञानेन्द्रबहादुर शाह लगायतकाले मन्तव्य गरे थिए ।

सुदूरपश्चिम प्रदेश युवा समितिका अध्यक्ष हरिसिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ट्रेड युनियन काँग्रेस कैलालीका सचिव डबल बमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार