२२ असार २०८१, शुक्रबार

लागुऔषध प्रगोकर्ताको मुद्दा र दण्डबारे अन्तरक्रिया



अनुमोदन समाचार
धनगढी, असार २० गते ।
रिकोभरी नेपाल (आरएन) को आयोजनामा बिहीबार धनगढीमा लागुऔषध प्रगोकर्ताहरूलाई मुद्दा र दण्डका उपायहरूबारे अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा लागु औषधमा लागेको युवाहरूलाई कानुनी उपचारका लागि राज्यलाई असर पर्ने हुँदा यसको उपचार तिर लाग्नु बारेमा छलफल भएको छ । कार्यक्रमका सहभागीहरूले लागुऔषधका बारेमा प्रदेश सरकारबाट आर्थिक वर्ष २०८०÷०८१ मा बजेट विनियोजन भएको तर प्रभावकारी नरहेको बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका दयाराम थारू, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कल्पना पौडेल, कैलाली जिल्ला वार एशोसियसनका ईन्द्रप्रसाद लेखक, कैलाली जिल्ला अदालत बार एशोसिशनका रेणु प्रधान श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका राहुलकुमार ठाकुर, आरएनका केन्द्रीय वोर्ड सदस्य नवराज पाण्डेय, सुदूरपश्चिम फोकल पर्सन शत्रुजित जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण आरएनका कैलाली जिल्ला कोषाध्यक्ष दीपक बोगटीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार