संसदीय प्रक्रियाको अनुभवसँगै जिम्मेवारी बढ्यो
अनुमोदन समाचार
धनगढी, कात्तिक १३ गते । सुदूरपश्चिम प्रदेश सभामा महिला तथा सीमान्तकृत समूहका प्रतिनिधिहरूको संख्या बढ्दै गएको छ । सो समूहका प्रतिनधिहरूको संख्या बढ्दै गएपनि संसदीय प्रक्रियाबारे सीमित अनुभव हुनाका कारणले निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता भने कमै देखिन्छ ।
प्रदेश सभाका महिला तथा सीमान्तकृत समूहका सदस्यहरूलाई संसदीय प्रक्रियाबारे जानकार बनाइ उनिहरूवाट नेतृत्वदायी योगदान वढाउने उद्देश्यले उनिहरूको क्षमता सुदृढीकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । फाया नेपाल र युएनडिपि संसद सहयोग कार्यक्रमको सहकार्यमा संञ्चालित ऊक्त कार्यत्रमले विधेयक मस्यौदा, नीति विश्लेषण, सार्वजनिक भाषण, वार्तालाप कौशल, र संसदीय प्रक्रियाहरू बारे बुझ्ने अवसर मिलेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट प्रदेशसभा सदस्य लक्ष्मी विकले बताइन् ।
उनले धेरै प्रतिनिधिहरू नवनिर्वाचित भएका कारण संसदीय प्रक्रियाबारे जानकार नहुँदा अन्योलता देखिएकोमा अब प्रदेश सभाका महिला तथा सीमान्तकृत समूहका प्रदेशसभा सदस्यहरूको क्षमता सुदृढीकरण सहयोग कार्यक्रमले नीति निर्माणमा बल पुगेको बताइन् ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नं. ५ बाट प्रदेशसभा सदस्य इन्दिरा गिरीले प्रदेश सभाका निबर्तमान तथा वर्तमान सांसदहरूबीचको अनुभवहरू आदानप्रदानले धेरै कुरा सिकाएको बताइन् । उनले ऐन, नियम, संसदीय गतिविधिबारे जान्ने मौका मिलेको बताउँदै त्यसले संसदमा बोल्न आत्मबल बढाएको महशुस भएको जानकारी दिइन् ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) का तर्फवाट सुदूरपश्चिम प्रदेशसभा सदस्य हिरा सार्कीले आफु राजनीति र समाजबारे जानकार भएपनि संसदीय गतिविधिबारे जानकारी नहुँदा संसदमा बोल्दा आफ्नै तरिकाले बोल्दै आएकोमा यस कार्यक्रमले संसदीय गतिविधिबारे धेरै कुरा सिकाएर आत्मबल बढाउनुका साथै थप हौसला मिलेको जानकारी दिए ।
संसदीय अभ्यास तथा क्रियाकलापका बारेमा यस्ता कार्यक्रमले आफु जस्ता महिलाहरूलाई थप हौसला मिलेको नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य गीता चौधरीको धारणा रहेको छ । उनले अझफनि यस्ता कार्यक्रम सञ्चालन हुनु आवश्यक रहेको बताइन् । यस कार्यत्रममा सहभागि भए पश्चात अव आफुले संसदीय समिति र संसदमा महिला र सीमान्तकृत समूहका मुद्दाहरूका वारे प्रभावकारी प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।
नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य तुलसी देवकोटाले आफु संसदीय अभ्यासका बारेमा पूर्ण जानकारी नभएको बताउँदै यस कार्यक्रमले संसदीय गतिविधिबारे धेरैकुरा जान्ने मौका पाएको बताइन् । सम्विधान सभा सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य डा. विन्दा पाण्डे तथा प्रतिनिधि सभाका पूव सचिव गोपाल नाथ योगीले दिनुभएको गहन प्रशिक्षणले आफुमा आत्म विश्वास पैदा हुनुको साथै कसरी काम गर्ने भन्ने योजना वनाउन समेत मद्दत गरेको उनको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य जानकी कुवँरले यस कार्यक्रमले आफुलाई धेरै जान्ने, बुझ्ने बनाएको बताइन् । सो कार्यक्रमबाट आफू धेरै प्रभावित भएको मात्र नभइ प्रदेशसभामा स्पष्ट बोल्न सक्ने, समयको ध्यान, कानुन, नीति लगायत तमाम कुराको ज्ञान मिलेको जनाइन् । आफ्नै पार्टीका निवर्तमान प्रदेश सभा सदस्यलाई सल्लाहकार (मेण्टर) को रुपमा उपलव्ध गराएर हामीलाई अझ धेरै सिक्ने अवसर प्रदान गरिएको तरिका राम्रो लागेको उनको विचार छ ।
प्रदेशसभाका उपसभामुख कोइलीदेवी चौधरीले शून्य समय, विशेष समय, आपत्कालीन समय, प्रस्ताव, प्रश्न, आदि विषयगत छलफल, विधेयकमा संशोधन सूचना, दफावार छलफल लगायतका बिषयमा जानकार भएको बताइन् । उनले महिला र सीमान्तकृत समूहहरूको पक्षमा नीति सुधार र कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्ने बताइन् । यस कार्यक्रम अन्तरगतका गति विधिहरू खास गरेर निवर्तमान प्रदेश सभा सदस्यहरू संगको अनुभव आदान प्रदान अत्यन्तै प्रभावकारी रहेको पनि ऊनले वताइन ।
यस कार्यक्रमका त्रममा सुदूरपश्चिम प्रदेश सभाका पूर्व सभामुख अर्जन वहादुर थापा, पूर्व उपसभामुख निर्मला जोशी, पूर्व मन्त्री पूर्ण जोशी, पूर्व राज्यमन्त्री टेकवहादुर रैका, पुर्व सदस्यहरू चुनकुमारी चौधरी, रतन थापा, स्यामलाल राना, मालमती राना, नेपालु चौधरी, शान्ति नेपाली लगायत सदस्यहरूले प्रदेश सभा तथा विभिन्न समिति लगायतका जिम्मेवारी सन्दर्भमा विभिन्न कृयाकलापहरू मार्फत आआफ्ना अनुभवहरू र सिकाइ आदानप्रदान गरेका थिए । ३ महिना सम्म संचालित ऊक्त कार्यत्रममा महिला तथा सीमान्तकृत समूहका २१ जना नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो ।