११ श्रावण २०८१, शुक्रबार

ट्राफिक सचेतनामुलक होर्डिङ बोर्डहरु राखियो



धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीका विभिन्न ठाउँमा ट्राफिक सचेतनामुलक ब्यानर तथा होर्डिङ बोर्ड राखेको छ । सवारी साधन चालक र परिचालक तथा सर्बसाधारणहरुमा ट्राफिक सचेतना अभिबृद्धी गर्ने उद्देश्यले ट्राफिक सचेतना मुलक ब्यानर तथा होर्डिङ बोर्ड राखिएको छ ।

धनगढीको चटकपुर, ट्राफिक चौराह, बसपार्क, एलएन चोक, अस्पताल लाईन, क्याम्पस चोक, डिभोटी चोक लगायतका २२ स्थानमा सचेतनामुलक ब्यानर तथा होर्डिङ बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख (प्रहरी निरिक्षक) वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरणका लागी लेन अनुशासन पालना गरौ, सुरक्षित सडकको प्रयोग गरौ, ट्राफिक संकेतको पालना गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔ, तिब्र गतिमा सवारी नचलाऔ, ट्राफिक नियम पालना गरौ लगायतका नाराहरू समाबेश गरिएको छ ।

बजारका विभिन्न ठाउँमा राखिएका ट्राफिक सचेतना मुलक ब्यानर तथा होर्डिङ बोर्डले केही हदसम्म भएपनि नागरिकमा सचेतना अभिबृद्धी हुने विश्वास लिईएको ट्राफिक प्रमुख बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार