११ श्रावण २०८१, शुक्रबार

भूमि समस्या आयोगमा देवकोटा नियुक्त



धनगढी । भूमि सम्बन्धी समस्या समाधान आयोग कैलाली अध्यक्षमा दीपकप्रसाद देवकोटा मनोनीत भएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १५ गते मुलुकभर आयोगलाई पूर्णता दिएको हो ।

बाजुरामा राम लाल कार्की, कञ्चनपुरमा कमला कुमार बोहरा, डडेल्धुरामा पदम राज जोशी, अछाममा कटक बहादुर साउद, दार्चुलामा राम दत्त जोशी, डोटीमा गणेश ब बिष्ट, बझाङमा कलक ब खड्का बैतडीमा नरेश कुमार विश्वकर्मा अध्यक्षमा मनोनीत भएका हुन् ।

९ वटै जिल्लामा विज्ञ र सदस्य समेत सरकारले मनोनीत गरेको छ ।

कैलालीमा बलिया ८ का दुजराम चौधरीलाई विज्ञमा र गौरिगंगा ४ का बलबहादुर महतालाई सदस्यमा मनोनीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार