१४ बैशाख २०८१, शुक्रबार

स्काउटको संरचनामा परिवर्तन



धनगढी । नेपाल स्काउट प्रादेशिक संरचनामा गएको छ । जिल्ला तहमा सीमित स्काउटले प्रदेश तथा स्थानीय तहमा संरचना विस्तार गर्दै सुदूरपश्चिम प्रदेश तदर्थ समितिका संयोजक तथा सदस्य एवं सल्लाहकारहरूको शुक्रवार दीक्षान्त एवं पद तथा गोपनीयताको शपथग्रहण गराएको छ ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेशका प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीलाई दीक्षित गराएका थिए ।

राष्ट्रिय संयोजक भण्डारीको रोहबरमा प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले उनीहरूलाई शपथ गराएका थिए ।

सो अवसरमा सुदूरपश्चिमका स्काउट संयोजक नरेन्द्र थापाले प्रदेशका ८८ वटै स्थानीय तहका स्कुलहरूमा स्काउटको कमिटी गठन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मुख्यमन्त्री भट्टले सुन्दर, शान्त, समृद्ध र सभ्य प्रदेश बनाउनमा भूमिका निर्वाह गर्न स्काउटका प्रतिनिधीहरूलाई आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश स्काउट संयोजकमा नरेन्द्र थापा, सदस्यहरूमा क्रमशः रमेश सिंह, खुशिरानी चौधरी, तारा थापा, सुवर्ण श्रेष्ठ, राज कुमारी महतो, पदम धामी, जमुना परियार, चन्द्र कुमारी भण्डारी, सुनिल परियार र गजेन्द्र शाही छन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार