६ चैत्र २०८०, मंगलवार

किसानालाई तालिमसंगै विउविजन



धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ का महिला कृषक समुहलाई करेसावारी खेती सम्बन्धी तालिमसंगै तरकारीको बीउ र कृषि सामग्री वितरण गरिएको छ ।

दलित महिला संघद्वारा बर्दगोरिया गाउँपालिकामा गठन गरिएका महिला समुह मध्ये वडा नम्बर २ को समुहमा आवद्ध ५० जना महिलालाई करेसाबारी खेती सम्बन्धि तालिम उपलब्ध गराइएको संस्थाका कैलालीका संयोजक विनोद घिमिरेले बताए ।

कृषि प्राविधिक धिरेन्द्र चौधरी र रामप्रसाद देवकोटाले करेशाबारी सम्बन्धी तालिम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार