६ चैत्र २०८०, मंगलवार

एनसेलको नयाँ भ्वाइस प्याक



  • ६० मिनेटको टक टाइम १७ रुपैयाँमा
  • तीन दिनको समयसिमा भएको २२५ मिनेट टक टाइम ४८ रुपैयाँमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरू ल्याएको छ ।

नयाँ भ्वाइस प्याक आज यहि बिहीबारदेखि ग्राहकका लागि उपलब्ध हुने जनाइएको छ ।

एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ रुपैयाँ मा एक घण्टा समयसिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यो प्याकमा ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् । एनसेल नेटवर्कभित्र कल गर्न विद्यमान शुल्क प्रतिमिनेट कर सहित दुई रुपैयाँ ५४ पैसा रहेको छ ।

ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा सुरु हुने जनाइएको छ ।
त्यसैगरी ग्राहकले तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहित ४८ रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार