१४ बैशाख २०८१, शुक्रबार

मिडियामा पत्रकार महिलाको अवसर चुनौतिबारे छलफल



धनगढी । मिडियामा पत्रकार महिलाका अवसर र चुनौती बिषयमा सोमबार धनगढीमा छलफल भएको छ ।

धनगढी उपमहानगरपालिका न्यायीक समितिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सोमबार धनगढीमा क्रियाशिल पत्रकार महिलाहरूसंग छलफल कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागि पत्रकार महिलाहरूले कार्य स्थलमा बिभेद, ज्यालामा बिभेद, सूचनादाताबाट दुब्र्यावहार खेप्नुपरेको गुनासो गरे ।

अवसर र चुनौतीका बारेमा पत्रकार महिलाले खुलेर छलफल गरेको धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले बताइन् ।

“आम रुपमा बाहिरबाट देखिने भन्दा पत्रकार महिलाका चुनौती धेरै रहेछन््” उपप्रमुख भट्टले भनिन्– चुनौती न्यूनिकरणका लागि मिडिया हाउसको अनुगमन, मिडिया मालिक र श्रमजिवी पत्रकारहरूबीचको अन्तरक्रिया संवाद आवश्यक रहेको छ ।

उनले पत्रकारिता पेसा चुनौतीपूर्ण भएको र गलत सामाजिक मान्यता, परम्परा र संस्कारका कारण पत्रकार महिलाहरू बढी चुनौती भोग्नु परेको चर्चा गरिन् । उनले भनिन्– जसका कारण पत्रकार महिलाहरू पेसामा टिक्न सकिरहेका छैनन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बमले धनगढीमा महिला पत्रकारहरूसंग छलफल गर्दा पुरुष र महिला पत्रकारहरूले पाउने पारिश्रमिकमा समेत बिभेद भैरहेको गुनासो आएको बताए । उनले भने– यो बिषयमा मिडिया हाउस संग छलफल गर्नुपर्छ ।

केन्द्रिय सदस्य बमले नेपाल पत्रकार महासंघ मात्रै पत्रकार महिलाको सहभागिता सुनीश्चीत गर्ने महिलो संस्था भएको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वा“रले चुनौतीहरुसंगै पत्रकार महिलाका लागि धेरै अवसरहरू भएको बताए । “थुप्रै लेखनवृत्तिका अवसर हुदा पनि लेख्ने पत्रकार महिलाहरू पाउन मुस्कील हुने गरेको छ” पूर्व केन्द्रीय सदस्य स्वारले भने– क्षमता भएपछि महिला पुरुष सबै पत्रकारहरूका लागि अवरसर नै अवसर छन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदइ दिलबहादुर छत्यालले जुनसुकै ब्यक्ति पनि पत्रकारीतामा आउनुभन्दा पहिले त्यो पेशा प्रति आफ्नो रुची होकि होईन भनेर स्पष्ट हुनुपर्ने बताए ।

प्रेस यूनियन कैलालीका अध्यक्ष श्रवण देउवाले समाजिक, आर्थिक र मनोबैज्ञानिक प्रभावका कारण पत्रकार महिलाहरू पेशामा टिक्न नसकेको बताए ।

क्रियाशिल पत्रकार समाजका सुदूरपश्चिम संयोजक उन्नती चौधरीले पत्रकार महिलाहरूलाई सबैभन्दा बढी चुनौती कार्य स्थलमा भएको बताइन् ।

“भूमिका दिनेदेखि पाउने अवसरमा पनि बिभेद हुने गरेको छ” संयोजक चौधरीले भनिन्– पत्रकार महिलालाई समाजले हेर्ने दृष्टिकोण नै खराव छ ।

कार्यक्रममा पत्रकार सपादक रमा भट्टराईले पत्रकार महिलाले चलाएका पत्रिकाहरू समेत टिक्न गाहे भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार