१३ बैशाख २०८१, बिहीबार

अछाममा बस खस्दा एकको मृत्यु, १७ घाइते



अछाम । मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस सोमबार मार्कुमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छ्न् । जिल्ला प्रशासन कार्यालयका अनुसार ना४ख ९९७२ नम्बरको यात्रुवाहक बस सोमबार बिहान सडकबाट खसेको हो । 

मृत्यु हुनेमा साँफेबगर नगरपालिका-३ का १९ वर्षीय नीरज कुँवर रहेको स्थानीयले जनाएका छन् ।

चालकसहित १८ जना सवार रहेको उक्त बस सडकबाट खसेको प्रारम्भिक जानकारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिलेसम्म ७ जनालाई थप उपचारका लागि बयालपाटा अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार