१२ श्रावण २०८१, शनिबार

अपाङ्गता भएका व्यक्तिहको गुनासो– सहज रुपमा स्वास्थ्य सेवा पाइँदैन



धनगढी । अपाङ्गता भएका व्यक्तिहरूले सहज रुपमा स्वास्थ्य सेवाको उपभोग गर्न नपाएकोे गुनासो गरेका छन् ।

नेत्रहिन युवा संघ, नेपालले आइतबार धनगढीमा स्वास्थ्य क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरूसंगको छलफलमा स्वास्थ्य संस्थाहरूमा सहज रुपमा सेवा पाउन कठिनाई हुने गरेको गुनासो गरे ।

कार्यक्रममा संघका अध्यक्ष लिलाधर भण्डारीले भने– स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सामग्री अपाङ्मैत्री छैनन् । भौतिक संरचना पनि अपाङ्गमैत्री नहु“दा सेवा लिन समस्या भएको छ ।
अध्यक्ष भण्डारीले अपांगता भएका नागरिकहरूले अपाङ्गता सम्बन्धी विशेषज्ञ चिकित्सकहरू नहु“दा थप समस्या बेहोर्नु परेको गुनासो गरे ।

नेत्रहीन युवा संघ, नेपालका महासचिव रामचन्द्र गैरेले एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिहरुमध्ये २८ प्रतिशतले मात्र सेवा लिन स्वास्थ्य संस्था जाने गरेको बताए । उनले भने– स्वास्थ्य संस्थामा जाने अधिकांसले सेवा लिए पनि प्रजनन् स्वास्थ्य, परिवार नियोजन लगायतका सेवाबारे जानकारी लिदैनन् ।

उनले सरकारले बनाएका परिवार नियोजनका सचेतनामूलक सन्देश अपाङ्गता भएका व्यक्तिहरूसम्म पुग्न नसकेको बताए ।

उनले संघले नै अहिले परिवार नियोजनसम्बन्धी नेत्रहिनका लागि वे्रललिपी तयार गरेको छ भने बहिराका लागि सांकेतिक सन्देशको भिडियो तयार गरेको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका डाक्टर जगदिश जोशीले मन्त्रालयले स्वास्थ्य नीति तयार गरिरहेको बताए । उनले भने– मन्त्रालयले स्वास्थ्य नीति तयार गर्दै छ । यसमा अपाङ्गता भएका व्यक्तिहरूका समस्याको समाधान हुने गरी समेटिने छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका पदाधिकारी, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार