१२ श्रावण २०८१, शनिबार

गृह श्रमिक महिलाका लागि सीपमुलक तालिम



धनगढी । कैलालीको अत्तरियामा आइतबारदेखि गृह श्रमिक महिलाहरुका लागि सीपमुलक तालिम सुरु भएको छ ।

“श्रमको सम्मान गरौ, श्रमशक्ति नै राष्ट्रशक्ति हो” भन्ने नाराका साथ नेपाल ट्रेड यूनियन काग्रेस र डब्लुएसएमको सहयोगमा नेपाल गृह श्रमिक संघ, सुदुरपश्चिम प्रदेशको आयोजनामा तालिम शुरु भएको जनाइएको छ ।

तालिममा ३० जना महिला श्रमिकहरुको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रमको नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपशिचम प्रदेश अध्यक्ष सिद्धराज भट्टले उद्घाटन गरे । कार्यक्रम नेपाल गृह श्रमिक संघ, सुदूरपश्चिम प्रदेश अध्यक्ष तुलसी देवकोटाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल ट्रेड यूनियन काग्रेस कैलाली जिल्ला अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यादि रावतले स्वागत गरेको कार्यक्रमको सञ्चालन वन वातावरण श्रमिक संघ प्रदेश अध्यक्ष डण्डीराज सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार