७ कार्तिक २०८१, बुधबार

किशोरीमाथि सामुहिक बलात्कारकाे अभियाेगमा ६ जना कारागार चलान



धनगढी । कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार गर्ने छ जना पुर्पक्षका लागि कारागार चलान भएका छन ।

फाइल तस्बिर

गत कार्तिक ८ गते जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छ जना जिल्ला अदालतको आदेशपछि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बलात्कार आरोपमा पक्राउ परेका जानकी गाउँपालिका वडा नम्बर ५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरी पुर्पक्षका लागि कारागार चलान भएको जानकारी दिए ।
उनका अनुसार सामूहिक बलात्कार आरोपमा पक्राउ परेका मध्ये कृष्ण नगरकोटी र सत्यम रावललाई भने बाल सुधार गृहमा राखिएको छ ।

छ जना पुर्पक्षका लागि कारागार र दुई जना बाल सुधार गृह पठाइएको भएपनि एक जना भने अझै फरार छन । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानले फरार रहेका चन्द्र शाहीको खोजी कार्य जारी राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार