७ कार्तिक २०८१, बुधबार

वडा कार्यालय भवन सिलन्यास



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवनको बिहीबार शिलन्यास गरिएको छ ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले भवनको शिलन्यास गरे । ९० लाख रुपैया बढीको लागत स्टीमेटमा निर्माण भैरहेको वडा कार्यालय भवन निर्माण कार्य एक वर्षभित्रै पुरा हुने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा भवन निर्माण शुरु गरिएको हो । प्रदेश सरकारले धनगढी वडा नं. ६ को वडा कार्यालय निर्माणका लागि डेढ करोड रुपैया विनियोजन गरेको छ ।

सो अवसरमा नगर प्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरू मध्य अधिकांस वडाको भवन निर्माण कार्य पुरा भइसकेको बताए ।

नगर उपप्रमुख भट्टले वडा कार्यालय भवन निर्माणको निगरानी गर्न स्थानीयसंग आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार