११ श्रावण २०८१, शुक्रबार

संरक्षणकर्मी चन्दलाई युवा प्रतिभा पुरस्कार



धनगढी । सुदूरपश्चिम प्रदेशका युवा संरक्षणकर्मी धीरेन्द्रबहादुर चन्दलाई युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।

संघीय युवा तथा खेलकुद मन्त्रालयले उनलाई विभिन्न खोज, अनुसन्धानको क्षेत्रमा पु¥याएको योगदान वापत युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । सो पुरस्कारको राशि एक लाख रुपैया“ रहेको छ ।

धीरेन्द्र सुदूरपश्चिम प्रदेशमा वन्यजन्तुको खोज अनुसन्धान र संरक्षणका लागि विभिन्न कार्य गर्दै आएका छन् ।

उनले सुदूरपश्चिम प्रदेशमा बा“दर, चितुवा आतंक, डल्फिन, पुड्के खरायोको बारेमा अनुसन्धान गरेका छन् ।

उनी वन्यजन्तु संरक्षण तथा वातावरणसंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार