१२ श्रावण २०८१, शनिबार

मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ



डडेल्धुरा । डडेल्धुरामा मानसिक सन्तुलन गुमाएकी महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको नवदुर्गा गाउ“पालिकामा भएको घटनामा वडा नम्बर १ का ३४ वर्षीय टेक दमाईलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको जनाएको छ ।

पीडित महिलाको उजुरीको आधारमा निज युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।

बलात्कार घटनामा अर्का एक व्यक्ति पनि संलग्न भएको आशंका प्रहरीले गरेको छ । ती युवकको खोजी गरिरहेको र घटना सम्बन्धी सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार