७ कार्तिक २०८१, बुधबार

डडेल्धुरामा कांग्रेसको क्रियाशील सदस्यता वितरण शुरु



डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले पार्टीको नयाँ क्रियाशील सदस्यता वितरण गर्न थालेको छ ।
डडेल्धुराका कांग्रेस सभापति कर्णबहादुर मल्लले सोमबार धौलीदेवी सार्कीलाई नयाँ क्रियाशील सदस्यता प्रदान गरेर जिल्लाव्यापी रूपमा सदस्यता वितरणको काम आरम्भ गरे ।

गन्यापधुरा गाउँपालिका वडा नम्बर १ रुवाखोलामा आयोजित कार्यक्रममा वडास्तरमा क्रियाशील कार्यकर्ताहरूका साथै जिल्लास्तरीय नेताहरू सहभागी थिए ।
जिल्लाभर क्रियाशील सदस्यता नवीकरण गरिसकेको नेपाली कांग्रेस डडेल्धुराले गन्यापधुरा गाउपालिका वडा नम्बर १ का ८४ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरेको कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्टले जानकारी दिए ।
सो वडामा ८४ जना पुराना क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण भइसकेकाले पार्टीको नीतिअनुसार थप ८४ जनालाई नयाँ क्रियाशील सदस्यता वितरण गरिएको गन्यापधुरा–१ का वडा सभापति पदमबहादुर महताले बताए ।
न्याँ क्रियाशील सदस्यता वितरण कार्य आरम्भ भइसकेकाले जिल्लाका सबै वडामा जिल्लास्तरीय नेताहरूको सहभागितामा नयाँ क्रियासिल सदस्यता वितरण गरिने कांग्रेस डडेल्धुराले जनाएको छ ।
न्याँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा जिल्लास्तरीय नेताहरूबीच कुनै विवाद नदेखिएको र सदस्यता वितरण अभियान जिल्लाव्यापीरूपमा प्रभावकारी ढंगबाट सञ्चालन गरिने कांग्रेस डडेल्धुराका सभापति मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार