१४ बैशाख २०८१, शुक्रबार

सिविनको ३३ औं वार्षिकोत्सव



धनगढी । सिविन नेपालले आफ्नो ३३ औं वार्षिकोत्सव भच्र्युल माध्यमबाट मनाएको छ । बालअधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ सोमबार सिविनको वार्षिकोत्सव तथा विश्व बालअधिकार दिवस मनाएको हो ।

कार्यक्रमको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा मन्त्री श्रेष्ठले सिविनको पहलमा अहिले बालबालिकाका क्षेत्रमा थुप्रै कामहरू भएको बताए । उनले भने– बालबालिकामैत्री नेपाल बनाउन मन्त्रालयले कार्यक्रम निर्माण गरिरहेको छ ।

सो अवसरमा सिविन नेपालले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, बाजुराको बुढीगंगा नगरपालिकासहित देशभरका १८ वटा स्थानीय तहलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

कार्यक्रममा सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव, ७७ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सिविन नेपालका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार