१२ बैशाख २०८२, शुक्रबार

२२ दलको विरोध प्रदर्शन



धनगढी । एमसीसी, कालापानी लगायतका विषयमा विभिन्न २२ राजनीतिक दलहरुले धनगढीमा आइतबार प्रदर्शन गरेका छन् ।

राजनीतिक दलहरुले एमसीसी खारेज गर्नुपर्ने र भारतद्वारा मिचिएको नेपाली भूमि फिर्ता गर्न दबाव सिर्जनाका लागि विरोध प्रदर्शन गर्नुपरेको बताएका छन् ।

एमसिसि खारेज गर, लिपुलेक, लिम्पीयाधुरा, कालापानी हाम्रो, भारतीय सेना कालापानी छोड, भ्रष्टाचार, मंहगी, कालोबजारी नियन्त्रण गर लगायतका नारा लगाउदै आइतबार २२ राजनीतिक दलहरुले धनगढीमा विरोध प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका केन्दिय सदस्य मनोज भट्टले सरकारले एमसीसी खारेजी, कालापानी लगायतका अतिक्रमित नेपाली भूमि फिर्ता लगायतका मुद्दाको सम्बोधन नभएसम्म चरणवद्ध आन्दोलन जारी रहने बताए ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभामा राष्ट्रिय जनमोर्चाका प्रदेश सयोजक नन्दराज भट्ट, कैलालीका सचिव जगतप्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

धनगढीको पार्कचोकबाट बुरु भएको विरोध ¥याली चौराहमा पुगेर काण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार