११ श्रावण २०८१, शुक्रबार

नेपाली कांग्रेस कैलालीको बैठक



धनगढी । नेपाली कांग्रेस कैलालीको ३९ औं बैठक शनिबार धनगढीमा भएको छ । बैठकले पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता फारम नविकरण गर्ने कार्यतालिका तय गरेको छ ।

कार्यतालिका अनुसार संघीय निर्वाचन क्षेत्रीय कार्यसमितिले आउँदो मंसिर ९ गतेभित्र नविकरण फारम प्रदेश समितिलाई फारम वितरण गर्ने कांग्रेसले जनाएको छ ।

बैठकपछि कांग्रेस कैलालीका सभापति नरनारायण शाहले प्रदेश समितिले मसिर १२ गतेसम्म गाउँपालिका र नगरपालिकालाई हस्तान्तरण गर्ने, गाउँ नगर कार्यसमितिले मंसिर १५ गते भित्र वार्ड कार्य समितिलाई फारम उपलब्ध गराउने बताए । उनले भने– वडा कार्यसमितिलाई नविकरण फारम भराएर २५ गते गाउँ र नगर कार्य समितीमा पठाउनुपर्ने छ भने २९ गते भित्र प्रदेश समितिले संघीय निर्वाचन क्षेत्रमा पठाउनुपर्ने छ ।

उनले क्रियाशिल सदस्यता नविकरण गरेपछि मात्र नयाँ क्रियाशिल सदस्यता वितरण गरिने बताए ।

सभापति शाहका अनुसार पार्टीका १३ औं अधिवेशनमा कैलालीमा ११ हजार तीन सय २२ क्रियाशिल सदस्य रहेका थिए ।

शनिबारको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी, पुर्व केन्द्रीय सदस्य सुनील कुमार भण्डारी, पुर्वमन्त्री जनकराज चौधरी, जिल्लाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार