१२ श्रावण २०८१, शनिबार

अस्ताउदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइयो



धनगढी । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व मनाइएको छ । छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।

धनगढीको मोहना नदीमा छठ पर्व मनाइएको छ । कोरोना संक्रमणका कारण यस वर्ष गत विगत जस्तो सजावट गरी उल्लास पूर्वक तरिकाले भने छठ मनाइएन ।

स्वास्थ्य सावधानी अपनाउँदै मोहना नदीमा मानिसहरू छठ मनाइ रहेका थिए । आज (शनिबार) उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गरिन्छ ।

छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार