१२ श्रावण २०८१, शनिबार

भत्ताको रकममा बृद्धि



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले अपांगता तथा फरक क्षमता भएका उपभोक्तालाई उपलब्ध गराउ“दै आएको भत्ताको रकम दोब्बर बढाएको छ ।

सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट १६ जना अपांगता तथा फरक क्षमता भएका व्यक्तिलाई एक हजार रुपैयाका दरले मासिक भत्ताको रकम उपलब्ध गराउँदै आएको थियो । भत्ताको रकममा वृद्धि गरी चालु आर्थिक वर्षमा दुई हजार रुपैया पुर्‍याइएको छ ।

सामुदायिक वनको हालै सम्पन्न १९औं साधारण सभाबाट अपांगता तथा फरक क्षमता भएका व्यक्तिलाई मासिक रुपमा प्रदान गरिंदै आएको भत्ताको रकम बढाउने निर्णय गरेको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । ‘सामुदायिक वनको राहत कोषबाट भत्ताको रकम पाउ“दै आएका उपभोक्तालाई नवीकरण र सूचीकृत हुन सूचना जारी गरिएको छ’, उनले भने, ‘चालु आवदेखि २० देखि २५ जना सम्मलाई भत्ताको रकम उपलब्ध गराउने लक्ष्य छ ।’

सूचीकृत हुनका लागि मागिएको कागजपत्रको आधारमा भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष महराको भनाइ छ । भत्ता प्राप्त गर्नेमा ८० वर्षीय ज्येष्ठ नागरिकदेखि पा“च वर्षका बालबालिकासमेत रहेका छन् । दृष्टिविहीन श्रीराम जोशीले बिना झन्झट सामुदायिक वनले भत्ताको रकम उपलब्ध गराएर गुन लगाएको बताए ।

‘घरमै पुगेर मासिक रुपमा सामुदायिक वनका पदाधिकारीले भत्ताको रकम उपलब्ध गराउँदै आउनु भएको छ’, उनले भने, ‘भत्ताको रकम पाउँदा वर्षभरिको लुगाफाटो र औषधोपचारलाई आवश्यक खर्च चलेको छ ।’ सामुदायिक वनले शुरुमा अपांगता भएका र फरक क्षमता भएका उपभोक्तालाई रु तीन सय र त्यस पछि रु एक हजार र हाल भत्ताको रकम वृद्धि गरी रु दुई हजार पु¥याएको छ ।

सामुदायिक वनले बौद्धिक, शारीरिक, मानसिक अपांगता भएका र दृष्टीविहीनलाई भत्ताको रकम दि“दै आएको छ । आव २०७३÷७४ देखि सामुदायिक वनले अपांगता भएकालाई राहत कोष खडा गरी भत्ता दिंदै आएको छ । कोषमा काठ, दाउरा, घाँस उपभोक्तालाई बिक्री गरी आउने रकममध्ये पाँच प्रतिशत रकम राख्ने व्यवस्था गरिएको छ । विसं २०५८ मा स्थापना भएको सामुदायिक वनमा ५९६ उपभोक्ता रहेका छन । सामुदायिक वन २८८ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार