१२ श्रावण २०८१, शनिबार

लाखौंको अवैध सामग्री बरामद



बैतडी । बैतडी प्रहरीले करिव १३ लाख रुपैया मुल्य बराबरको अवैध सामग्री बरामद गरेको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको सीमा नाका बन्द पछि पनि विभिन्न माध्यामबाट हालसम्म अवैध रूपमा भित्रिएको सामान प्रहरीले बरामद गरेको जनाएको छ ।
सीमानाका बन्द रहेका बेला महाकाली नदीमा ट्युवको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याईएको १३ लाख रुपैयाको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख (प्रहरी नायव उपरीक्षक) नारायणप्रसाद अधिकारीले बताए ।

प्रहरीले अवैध रुपमा भित्राइएको बिंडी, चप्पल, कपडा बरामद गर्नुका साथै नौ जना र एक गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार