१२ श्रावण २०८१, शनिबार

बाल संरक्षण नीति सम्वन्धी कार्यशाला



धनगढी । धनगढी उपमहानगरपालिकाको बाल संरक्षण नीति सम्वन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार भएको छ ।

छलफलमा बाल अधिकार संरक्षणका चुनौतीका बारे छलफल भएको थियो । कार्यक्रममा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिकाले बालअधिकार संरक्षणका लागि नीतिगत ब्यबस्था गर्नुका साथै बाल सहभागिता सुनिश्चित गर्न बिभिन्न कार्यहरु गर्दै आईरहेको चर्चा गरे ।
उपमहानगरपालिका उपप्रमुख तथा नगरस्तरीय बाल अधिकार संरक्षण समितिका संयोजक सुशीला मिश्र भट्टले भोलीको देश, समाज र विश्व कस्तो बनाउने भन्ने बालबालिकालाई हेर्ने दृष्टीकोण कस्तो छ भन्ने कुराले निर्धारण गर्ने बताईन ।
“बालअधिकारको संरक्षणका लागि आगामी दिनमा कार्ययोजना बनाएर अगाडी बढ्ने छौं” संयोजक भट्टले भनिन्– सबै कामका लागि बजेट चाहिन्छ भन्ने हुदैन कतिपय काम बजेट बिना पनि हामीले गरेका छौं ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्त, धनगढी उपमहानगरपालिका १९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, बेस कैलालीका संयोजक लक्ष्मण चौधरी, मर्सिकोरका प्रतिनिधीहरु सहभागि रहेका थिए ।
कार्यक्रमको सहजीकरण बिष्णु खत्री र टंक बिष्टले गरेका थिए । सिमान्तकृत बालिकाको शिक्षामा पहुँच परियोजना दोश्रो चरण अन्तरगत यूकेएडको सहयोग तथा मर्सिकोरको प्राविधीक सहयोगमा बेस र धनगढीले कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार