छोरीका लागि छोरी नै अभियान
बैतडी । बैतडीमा ‘छोरीका लागि छोरी नै अभियान’ जिल्ला समिति गठन गरिएको छ ।

भूवि बिष्टको संयोजकत्वमा ‘छोरीका लागि छोरी नै अभियान’ जिल्ला समिति गठन गरिएको छ ।
मंगलबार बैतडीको पाटनमा गठन गरिएको अभियानको सहसंयोजकमा कुन्ती भट्ट, सचिवमा निर्मला टेर, सहसचिवमा कमला चन्द, कोषाध्यक्षमा जयन्ती अवस्थी चयन भएका छन भने सदस्यमा भागरथी भट्ट, पशुपती पाण्डेय, दिपिका भट्ट र रेजिना टेलर रहेका छन ।
अभियानले पछाडि परेका महिलाका क्षेत्रमा काम गर्ने संयोजक बिष्टले जानकारी दिइन । अब जिल्लामा पालिकास्तरीय समिति पनि विस्तार गरिने अभियानका सचिव निर्मला टेरले बताइन ।