१२ श्रावण २०८१, शनिबार

छाउपडी उन्मुलनका लागि अन्तरक्रिया



धनगढी । छाउपडी प्रथाजन्य कुरीती उन्मुलन नीतिको स्थानीय तहहरुमा कार्यान्वयनको अवस्थाबारे सुदूरपश्चिम प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघकोे आयोजना तथा जुरी नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा कैलाली र डोटीका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधिहरु, अधिकारकर्मी, धामी झाक्रि, सामुदायिक स्वास्थ्य केन्द्रका पदाधिकारी, अपांगता भएका व्यक्ति, लगायत ५० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा छाउपडि प्रथाजन्य कुरीती उन्मुलन नीति २०७६ कार्यान्वयनको अवस्था र समस्या पहिचान बारे छलफल भएको थियो ।
संघका कैलाली अध्यक्ष चक्र विकले स्वागत गरेको कार्यक्रममा शान्ति बर्माले कार्यक्रमको उद्देश्यबारेमा जानकारी गराएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार