शिअ उसुक्वानको वार्षिकोत्सव
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरास्थित शिअ उसु क्वानले १४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ ।
कार्यक्रमको प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले उद्घाटन गरे । कार्यक्रम उसु क्वानका उपाध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य लक्ष्मी कुमारी चौधरी, कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर बिष्ट, शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेशकुमार खाती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अस्मिता जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रतन खातीले गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा एलिशा खाती र सुवास भुल सेठ्ठीलाई सम्मान गरिएको थियो ।